आमिर खानको छोरी प्रेम सम्बन्धमा!

बलिउड अभिनेता आमिर खानकी छोरी इरा खानले आफू प्रेममा रहेको जानकारी दिएकी छन् ।उनी म्यूजिशियन मिशाल कृपलानीसँग प्रेम सम्बन्धमा छिन् ।सामाजिक सञ्जालमा पछिल्लो केही समय यता इराले मिशाललाई डेट गरेको हल्ला चले पनि इराले औपचारिक रुपमा मुख खोलेकी थिइनन् ।

तर अब भने इराले आफ्नो इन्स्टाग्राम स्टोरीमा यो कुरा कन्फर्म गरेकी छन् ।इन्स्टाग्राम स्टोरीमा एक व्यक्तिले इरालाई सोधेका छन् कि के उनी रिलेशनशिपमा छिन् ?यसको जवाफ इराले एक तस्बिरका साथ दिएकी छन् जसमा उनी मिशाललाई अंकमाल गरिरहेको देखिन्छिन् ।