जोन र इमरान एकसाथ एकै सिनेमामा

अभिनेताद्वय जोन अब्राहम र इमरान हाशमी एकै सिनेमामा देखिने भएका छन्। उनीहरू संजय गुप्ताको निर्देशनमा बन्ने एक ग्याङस्टर ड्रामामा एकसाथ देखिने भएका हुन्।

जोन र इमरानले एउटै सिनेमामा काम गर्न लागेको यो पहिलो अवसर हो।

‘जोनसँग यो मेरो तेश्रो सिनेमा हो र इमरानसँग पहिलोपटक काम गर्दैछु। पहिलो पटक काम गर्न लागेकोमा म उत्साहित छु’, संजयले भने ‘म पहिलादेखि नै उनीसँग काम गर्न चाहन्थे। ग्याङ्स्टर सिनेमा मेरो आधार हो र म यो लिएर फर्किएको छु। खासमा भन्नुपर्दा यो घर फर्किए जस्तै हो।’

संजयले जोनसँग ‘सुटआउट एड वाडला’ तथा ‘जिन्दा’ सिनेमामा एकसाथ काम गरिसकेका छन्।