भारतीय अभिनेता गिरीश कर्नाडको निधन

भारतीय चर्चित अभिनेता गिरीश कर्नाडको ८१ वर्षमा निधन भएको छ।

लामो समयदेखि विभिन्न रोगले थला परेका गिरीशको सोमबार निधन भएको हो।

अभिनेतसँगै लेखक, नाट्यकार, अभियन्ता तथा चलचित्र निर्देशक समेत रहेका उनको मल्टि अग्र्यान फेलभएपछि निधन भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन्। उनको निधनसँगै साहित्य तथा भारतीय चलचित्र जगतलाई स्तब्ध बनाएको छ।

गिरीश कर्नाडको जन्म सन् १९३८ को १९ मे मा महाराष्ट्रमा भएको थियो। उनले बलिउडसँगै धेरै साउथ इण्डियन चलचित्रहरुमा काम गरेका छन्।