कपिलका फ्यानलाई खुशीको खबर, कपिल चाँडै…

कमेडियन कपिल शर्मा चाँडै आफ्ना फ्यानलाई खुशीको खबर दिँदैछन्। कपिल चाँडै बुवा बन्दैछन्। कपिलकी पत्नी गिन्नी चतरथ आफ्नो पहिलो टिमस्टरमा छिन्। यही वर्षको अन्तिममा कपिलले आफ्नो घरमा सानो बच्चालाई स्वागत गर्दैछन्। भारतीय संचारमाध्यमका अनुसार कपिलले गर्भवती पत्नीको हेरचाहमा कुनै कसर बाँकी राखेका छैनन्।

स्रोतलाई उद्धृत गर्दै दैनिक भाष्करले लेखेको छ, ‘गिन्नी गर्भवती भएपछि कपिलले आफ्नो रुटिनमा धेरै परिवर्तन गरेका छन्। सुरुमा उनी आफ्नो काम चाँडै सकाएर घर जान्थे। अहिले गिन्नी अमृतसर पंजाबमा छिन्। समय निकालेर कपिल पंजाब गइरहन्छन्।’ कपिल व्यस्त भएका कारण मुम्बईमा गिन्नीको हेरचाहमा बाधा पुगेपछि उनी अमृतसर गएकी हुन्। अहिले गिन्नी परिवारसँग अमृतसर घरमा बसिरहेकी छन्।

यद्यपी कपिल शर्माले गिन्नी गर्भवती भएको हालसम्म पुष्टि गरेका छैनन्। यद्यपी केही दिन पहिला कपिलका को–स्टानर कृष्णा अभिषेकले इसारा इसारैमा यो खबरको पुष्टि गरेका थिए। कृष्णा अभिषेकले आफ्ना जुम्ल्याहा बच्चाको जन्म दिनको पार्टीमा गिन्नी गर्भवती भएको बताएका थिए। कपिलले गिन्नीसँग १२ र १३ डिसेम्बर २०१८ मा पंजाबमा विवाह गरेका थिए।