छोटो कपडामा नाचिरहेको देखिइन् सुहानाः भनियो, ‘शाहरुखले छोरीलाई राम्रो संस्कार दिएनन्’

बलिउडका बादशाह भनिने शाहरुख खानकी छोरी सुहाना खान बी टाउनको चर्चित स्टार किड् मध्येका एक हुन् । उनको फोटो र भिडियो आउने बित्तिकै चर्चाको विषय बन्ने गर्छ । केही दिन अघि एक विवाहको क्रममा सुहानालाई पारम्परिक पहिरनमा देखिएको थियो भने हालै पार्टीमा डान्स गरिरहेको भिडियो अहिले चर्चाको विषय बनेको छ । सुहाना यसमा निकै स्टाइलिश देखिएपनि सोसल मिडिया प्रयोगकर्ताले सुहानालाई ट्रोल गर्न सुरु गरे ।

भिडियोमा सुहानालाई वन–शोल्डर सिल्भर सर्ट मेटालिक ड्रेसमा नाचिरहेको देख्न सकिन्छ । यसमा सानो थाई–हाई स्लिट दिइएको छ । स्मोकी आइजसँग सुहानाको यो लुक निकै ग्ल्यामरस देखिएको छ ।

बलिउडमा इन्ट्रि गर्नु अघि नै सुहानाको स्टाइललाई कुनै डिभाको रुपमा लिइन्छ । केही प्रयोगकर्तालाई सुहानाको यो लुक निकै ट्रेन्डी लागिरहेको छ भने कतिले उनको अत्यधिक आलोचना पनि गरेका छन् । एक प्रयोगकर्ताले उनको पहिरनमा कमेन्ट गर्दै उनले सधैं अश्लील कपडा नै लगाउने आरोप लगाए । यस्तै, अर्काले शाहरुखले छोरीलाई राम्रो संस्कार नदिएको पनि भन्न भ्याए ।