काजोलले आमाको फोटो शेयर गर्दै लेखिने–धेरै धेरै धन्यवाद

बलिउड अभिनेत्री काजोलले आफ्नी आमा तनुजासँगको एउटा फोटो शेयर गरेकी छन्। जुन फोटोमा काजोलकी आमा तनुजा निकै कमजोर देखिएकी छन्। यद्यपी फोटोमा उनी मुस्कुराइ रहेकी छन्। पेट दुखेपछि काजोलकी आमा तनुजा २८ मेमा लीलावती अस्पतालमा भर्ना भएकी थिइन्। ३० मेमा उनको सर्जरी भएको थियो।

काजोलले अस्पतालमा भर्ना भएकी आमा तनुजाको फोटो शेयर गर्दै लेखेकी छन्, ‘यो फोटो ती सबैकालागि धेरै धेरै धन्यवादकालागि, जसको प्रार्थनाको हामील अपेक्षा गर्यौं। यो मुस्कान जो तपाइँ देखिरहनु भएको छ, तपाइँप्रति आभार।’

७५ वर्षीया तनुजा केही समय अगाडि डायवर्टिकुलाको विमारीका थिइन्। त्यसपछि उनको पेटको सर्जरी गरिएको थियो। डायवर्टिकुला एउटा यस्तो विमारी हो, जसले शरीरका धेरै भाग सुन्निन्छन्।