फाईनलमा पनि प्रितमले गरे धमाका

भारतीय टेलिभिजन रियाली शो ‘सारेगमप लिटल च्याम्प’ को फाइनलमा पुगेका छन यस अघिनै नेपालका दुई प्रतिस्पर्धी प्रितम आचार्य र आयुष केसी । शो का निर्णायक र दर्शकको मतका आधारमा प्रितम र आयुषसहित ६ जना आउँदो फाइनलमा पुगेका हुन भने यस हप्ता अर्थात आईतबार आठ बजे फाईनलको लागि भिड्ने छन । जी टिभीले आफ्नो च्यानलमा राखेको सानो क्लिपमा प्रितामको भिडियो राखेको छ जसमा प्रितमले हास्दै हास्दै सबै जनालाई आफ्नो प्रश्तुतिले झुमाएका छन। यस सिजनको उपाधि कसले जित्ने भन्ने चाहिँ भोलिको कार्यक्रम कुर्ने पर्ने हुन्छ।

बालबालिकाबिचको भारतीय गायन रियालिटी शो सारेगमप लिटल च्याम्प जी टिभीमा हरेक शनिबार र आइतबार बेलुका प्रशारण हुँदै आएको छ । अघिल्लो हप्ता आइतबार राति भएको सेमिफाइनलमा ९ प्रतिस्पर्धी मध्ये तीनजना एलिमिनेशनमा परे । जसमा नेपालका सान दुई बालक प्रितम र आयुष भने फिनालिमा पर्न सफल भएका छन। दुवै जनाले दमदार प्रश्तुति दिएर जजलाई खुशी बनाएका थिए।

नेपालका आयुष र प्रितमले अन्तिम ६ अर्थात फाइनमा स्थान बनाएका थिए । उनीहरुसँगै फिनालेमा आस्था दास, अनुष्का पात्र, मोहम्मद फैज र सुगन्धा दतेले आफ्नो प्रश्तुति दिने छन । यो प्रतिस्पर्धामा १६ वर्ष भन्दा कम उमेरका बालबालिकाको सहभागिता रहन्छ । यो वर्ष नेपालका ८ प्रतिस्पर्धी सहभागी थिए । १२ वर्षका आयुष र ११ वर्षका प्रितम कलिङ्ग राउण्डबाट मेगा अडिसनमा प्रस्तुति दिएर टप ३० मा परेका थिए ।