प्रियंका संसारका ५० शक्तिशाली महिलाको सूचीमा !

बलिउड नायिका तथा पूर्वमिस वर्ल्डसमेत रहेकी प्रियंका चोपडा संसारका ५० शक्तिशाली महिलाको सूचीमा परेकी छन् । उनी मनोरञ्जन जगतका ५० शक्तिशाली महिलाको सूचीमा पर्न सफल भएकी हुन् ।

‘युएसए टुडे’ले जारी गरेको संसारका शक्तिशाली महिलाको सूचीमा प्रियंका पर्दा ओपरा विन्फ्रे तथा मेरिल स्ट्रिपका साथमा अन्य चर्चित महिला सेलेब्रेटी पनि परेका छन् ।

मिस वर्ल्डको ताजपछि बलिउड नगरीमा प्रवेश गरेकी प्रियंकाले अमेरिकी टेलिभिजन ड्रामा शृखंला ‘क्वान्टिको’मा काम गरेपछि आफ्नो परिचयलाई अन्तर्राष्ट्रिय तहरमा फैलाएकी थिइन् ।

प्रियंकाले सन् २०१७ मा ‘बेवाच’ फिल्मबाट बलिउड दुनियाँमा पाइला टेकेकी थिइन् ।

सार्वजनिक ५० शक्तिशाली महिलाको सूचीमा गायिका बियोन्सो, टेलिभिजन स्टार एलेन डिजेनेरस, अस्कोर विजेता जेनिभर लरेन्स तथा अन्तर्राष्ट्रिय पपगायिका तथा अभिनेत्री जेनिफर लोपेजसमेतलगायत पर्न सफल भएका छन् ।