‘अर्थ’को रिमेक बन्दै, अभिनेत्री बन्न ज्याकलीनलाई अफर !

अभिनेत्री ज्याकलीन फर्नाण्डेजलाई १९८२ मा रिलिजमा आएको फिल्म ‘अर्थ’को रिमेकको अभिनेत्री बन्न निर्माण पक्षले अफर गरेको छ । १९८२ मा दर्शकमाझ प्रदर्शनमा आएको क्सासिक ‘अर्थ’ फिल्मलाई निर्देशक महेश भट्टले निर्माण गरेका थिए । मुम्बई मिररका अनुसार अभिनेत्री ज्याकलीनलाई स्मीता पाटिलको भूमिका निभाउनका लागि अफर गरिएको छ ।

केही समय पहिले एक अन्तर्वार्तामा ज्याकलीनले लस एञ्जिलसको इवाव चुम्ब्बक स्टुडियोमा अभिनयको क्साल लिइरहरेकी बताएकी थिइन् । अब उनले एकसपेरिमेन्टल भूमिका गर्न चाहन्छिन् । उनी कमर्सियल फिल्मबाट टाढा रहन चाहदिनन् ।

१९८२ मा रिलिजमा आएको ‘अर्थ’ फिल्ममा अभिनेत्री शवाना आजमीले मुख्य भूमिका निभाएकी थिइन् । यसै फिल्मबाट अभिनेत्री शवानालाई नेशनल अवार्ड बेस्ट अभिनेत्रीको फिल्मफेयर अवार्ड पाएकी थिइन् ।