बक्स अफिसमा सलमानको कब्जा, भारतले दोस्रो दिनसम्म यति धेरै कमायो

बलिवुडको यस वर्षको बहुप्रतिक्षीत फिल्म मध्येको एक ‘भारत’ ले रिलिजको दोस्रो दिन पनि शानदार कलेक्सन गरेको छ । बलिवुड फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले रिलिजको दोस्रो दिन विहिबार ३१ करोड कलेक्सन गरेको छ । यो सँगै फिल्मले दुई दिनमा ७३ करोड ३० लाख कलेक्सन गरेको छ ।

इदको अवसरमा बुधबार रिलिज भएको सलमान खानको फिल्म भारतले रिलिजको पहिलो दिन ४२ करोड ३० लाख कलेक्सन गरेको थियो । यस फिल्मले सलमान खानको अहिलेसम्म रिलिज भएका सबै फिल्मको रेकर्ड तोड्दै पहिलो दिन धेरै कलेक्सन गर्ने रेकर्ड समेत बनाएको छ ।

बलिवुड फिल्म विश्लेषक तरण आदर्शका अनुसार भारतले सलमानको फिल्म सुल्तानको पहिलो दिनको ३६ करोड ५४ करोडको रेकर्डलाई तोडेको हो । त्यस्तै सलमानको फिल्म भारतले यस बर्ष रिलिज भएका फिल्म मध्ये सबै भन्दा धेरै कलेक्सन गरेको छ । यस बर्ष रिलिज भएका कलंकले पहिलो दिन २१ करोड ६० लाख कलेक्सन गरेको थियो भने केशरीले २१ करोड ६ लाख कलेक्सन गरेको थियो । त्यस्तै गल्ली ब्वायले १९ करोड ४० लाख कलेक्सन गरेको थियो भने टोटल धमालले पहिलो दिन १६ करोड ५० लाख कलेक्सन गरेको थियो ।

यस फिल्ममा अभिनेता सलमानसहित र कट्रिना कैफको प्रमुख भूमिकामा रहेको छ, जसमा सलमानले युवादेखि वृद्धसम्मको भूमिकामा रहेका छन् । यस फिल्ममा सलमान १८ वर्षको युवकदेखि ७० वर्षको वृद्धसम्मको ६ अलग-अलग लुक्स रहेको छ ।

त्यस्तै फिल्ममा अभिनेता जैकी श्राफले सलमानको पिताको भूमिका निभाएका छन् । त्यस्तै यस फिल्ममा अभिनेत्री दिशा पाटनी, सोनाली कुलकर्नी, सुनिल ग्रोवरको पनि अभिनय छ । फिल्मलाई अली अब्बास जाफरले निर्देशन गरेका छन् । जाफरले यसअघि सलमानसँग ‘सुल्तान’ र ‘टाइगर जिन्दा है’ फिल्म बनाएका थिए ।