कपिलको शोमा फेरी फर्किएलान् त सुनिल ग्रोबर ?

कमेडियन कपिल शर्मा र सुनिल ग्रोवरको झगडाले लामो समयसम्म चर्चा पायो । कपिल र सुनिलको झगडा सम्बन्धी सोसल मिडिया र विभिन्न अन्तर्वार्ताहरुमा उनिहरुबिचको चिसोपनालाई देख्न सकिन्थ्यो ।

कपिल र सुनिल कपिलको शोबाट हटेको लगभग दुई वर्ष भइसकेको छ। यसबीचमा कपिलको टिआरपी घट्यो । करियर आरालो लाग्यो बिस्तारै कपिल डिप्रेसनको शिकार भए ।

फ्लाइटमा दुईबीच भएको झगडाका कारण उनीहरु छुट्टिएका थिए। यस पछि उनीहरु कतै सँगै देखिएनन्। प्रेमीका गिन्नीसँग विवाह गरेका कपिल पूनः आफ्नो पुरानो शो लिएर आएका छन् ।

फेरी तंग्रिँदैछन् कपिल यता सुनिल पनि विभिन्न स्टेज शो तथा विदेशी कार्यक्रमहरुमा सहभागिता जनाइरहेका छन् । सुनिल अभिनित सलमानको फिल्म ‘भारत’ अहिले प्रदर्शनरत छ जसमा सुनिल सलमानको साथीको रुपमा देखिएका छन् ।

धेरै दर्शकको चाहना अझै फेरी कपिलको कार्यक्रममा सुनिललाई देख्ने रहेको छ अझ भनौं यी दुई साथ काम गरेको हेर्न चाह्रन्छन् । दर्शकको यही चाहना बुझेर पनि होला यी दुई मित्रताको हात अघि बढाउन चाहिरहेको बुझिन्छ । जसको उदाहरणस्वरुप ‘भारत’ फिल्म प्रदर्शनमा आइरहँदा कपिलले एक ट्वीट गर्दै ‘भारत’ फिल्मको लागि सुनिल सहित सबै टिमलाई शुभकामना दिएका छन् भने कपिलको ट्वीटमा धन्यवाद भन्दै सुनिलले रिप्लाई पनि दिएका छन्।

हालसालै एक अन्तर्वार्तामा सुनिललाई के तपाइं फेरी कपिलको शोमा फर्किन चाहनुहुन्छ भनी सोधिएको प्रश्नमा सुनिलले घुमाउरो पारामा यो भगवान जाने भनेर उत्तर दिएका छन् ।