९० किलोकी थिइन् यी नायिका, तौल घटाएर बनिन् सुपरस्टार

बलिउडका कलाकारले आफूलाई फिट राख्न केसम्म गर्दैनन् ? कतिले त ट्रान्सफर्मेसन पनि गरेको समाचार हामीले सुनिरहेका छौँ । सोनाक्षी सिन्हाले पनि आफूलाई नायिका बनाउन कडा मेहनत गरेकी थिइन् । शुरुमा यी नायिका ९० किलोकी थिइन् । पछि उनले पहिलो फिल्मका लागि झण्डै ३० किलो तौल घटाएकी थिइन् । जसकारण पहिलो फिल्म देखेर कैयन् फिल्म दर्शक उनका फ्यान भएका थिए । सोनाक्षी सिन्हाले आफूलाई स्लिम राख्न कडा मेहनत गरेकी थिइन् ।

शत्रुधन सिन्हाकी छोरी सोनाक्षीले ३२ औँ जन्मदिन मनाएकी छिन् । कस्टुम डिजाइनरबाट आफ्नो करिअर थालिएकी सोनाक्षीले फिल्मबाट अफर पाएकी छिन् । सन् २०१० मा सलमान खानका साथ पहिलोपटक फिल्म ‘दबंग’ बाट फिल्म क्षेत्रमा डेब्यु गरेकी सोनाक्षी फिल्म रिलिजपछि एकाएक चर्चामा आइन् ।

सोनाक्षीले ‘दबंग’ बाट बेस्ट फिमेल डेब्यु विधामा फिल्मफेअर अवार्ड पनि जितिन् । उनले अहिलेसम्म १७ भन्दा पनि बढी फिल्ममा काम गरिसकेकी छिन् । तर, आफ्नो ९ वर्षको फिल्म करिअरमा सोनाक्षीले हिटभन्दा बढी फ्लप फिल्म दिएकी छिन् ।

सन् २०१२ मा रिलिज भएको प्रभु देवाको फिल्म ‘राउडी राठोर’ सोनाक्षीको दोस्रो फिल्म थियो । अक्षय कुमारसँग पर्दामा आएकी सोनाक्षीको यो फिल्म हिट भएको थियो । यस्तै सोनाक्षीको ‘सन अफ सरदार’ पनि हिट भएको थियो ।