‘सारेगमप’को फाईनल रेसमा आयुष र प्रितम

चर्चित भारतीय टेलिभिजन जी टिभीको बाल गायन रियालिटी शो सारेगमपा लिटल च्याम्प्सु को २०१९ संस्करणमा सहभागी नेपाली बाल प्रतिभा आयुष केसी र प्रितम आचार्य फाइनल मा पर्न सफल भएका छन्।

टप ९ का अन्य सहभागीलाई उछिन्दै दुवै फाइनलमा पुगेका हुन्। उनीहरूसँगै आस्था दास, अनुष्का पात्र, मोहम्मद फैज र सुगन्धा दतेले फाइनलमा स्थान पक्का गरेका हुन्। अब उनीहरूको फाइनल नतिजा आगामी शनिबारको पर्फर्मेन्सबाट निर्धारण हुनेछ।

प्रतियोगितामा भारतभरिका कुल २० हजारभन्दा बढी बाल प्रतिभालाई उछिन्दै उनीहरू फाइनलको यस चरणमा पुगेका हुन्। ‘कलिङ राउण्ड’ अनि ‘मेगा अडिसन’ राउण्ड हुँदै उनीहरू टप ११, टप ९ सेमिफाइनल हुँदै अब फाइनलसम्मको यात्रा तय गर्न सफल भएका हुन्।