रबिन्द्र प्यानलमा चेत ‘राजा’

अन्तत: नेपाल चलचित्र कलाकार संघको चुनावमा अध्यक्षका प्रत्यासी रबिन्द्र खड्काको प्यानलमा धेरै कलाकारहरु ढल्किएका छन। आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा खड्काले आफ्नो प्यानलका उपाध्यक्ष देखि सदस्य सम्मका सम्पूर्ण उमेद्वारहरु सार्वजनिक गरे। जसमा बरिष्ट देखि कनिष्ट र चलचित्र क्षेत्रमा राजनीति गर्ने भनेर चिनिएका कलकारहरु समेतको मिश्रित उपस्थिति देखियो। केहि दिन अगाडी सम्म सरिता लामिछाने प्यानलका भनेर चिनिएका चेत बहादुर सिंह राजा रबिन्द्रकै प्यानलमा आई महासचिव पदका अर्का उमेद्वार संजय खतिवडा सँग चुनावी मैदानमा उत्रदै छन।

केहि दिन अगाडी अध्यक्ष पदकि अर्की प्रत्यासी सरिता लामिछानेले महिला सेन्टीमेन्ट देखाउदै धेरै महिला कलाकारहरु आफ्नो पक्षमा ल्याएको सहजै देख्न सकिन्थ्यो तर आज आयोजित पत्रकार सम्मेलनले सरितालाई अझ गृहकार्य गर्नु पर्ने संकेत दिएको छ। यस विषयमा बोल्दै कलाकार रविद्र खड्का;ले आफुले कहिल्यै पनि महिलालाई अपमान नगरेको भन्दै सरिताले लगाएको आरोपहरु प्रति खण्डन गरे। सरिताले सुरक्षाको अनुभूति नभएको बताईरहदा रबिन्द्रले सरितालाई मनगढन्ते कुरा गरि कलाकारहरुलाई इमोसनल ब्ल्याकमेल नगर्न पनि आग्रह गरे।
रबिन्द्र प्यानलमा उपध्यक्षमा रेजिना उप्रेती, महासचिवमा चेत बहादुर सिंह राजा, कोशध्यक्षमा निर्बिरोध भै सकेका सुनिल कटुवाल, सचिवमा पन्ना अधिकारी लगायत सदस्यहरु पनि रहेका छन।