सुरक्षाको ‘घर’मा भुत प्रेतको प्रवेश – ट्रेलर

अर्पण थापाको लेखन तथा निर्देशन रहेको फिल्म हरर फिल्म ‘घर’को टिजर सार्वजनिक गरिएको छ। साउन ३ गतेबाट देशभर प्रदर्शन हुने फिल्ममा एउटा घर भित्र हुने घटनालाई दर्शाउने छ। सार्वजनिक २ मिनेट लामो टिजरमा सुरक्षा पन्तको शरीर भित्र आत्माले प्रवेश गरि आतंकित बनाएको देख्न सकिन्छ। झट्ट हेर्दा बेनिषाको आत्मा सुरक्षामा पसेको होकी भन्ने अड्कल पनि टिजरबाट लगाउन सकिन्छ। दीपेन्द्र के खनालसहित शर्मिला पाण्डेको लगानीमा बनेको फिल्ममा अर्पण थापा,सुरक्षा पन्त, वेनिशा हमालको मुख्य भूमिका रहेको छ। निरज कँडेलले खिचेको फिल्ममा वेनिशाको नयाँ अवतार देख्न सकिन्छ ।

टिजर हेर्नुस :