अठारौं शताब्दीमा आधारित फिल्म ‘कीर्तिपुर’ प्रदर्शन मिति तय

ऐतिहासिक विषयबस्तुमा आधारित फिल्म ‘कीर्तिपुर: द लिजेण्ड अफ कीर्तिलक्ष्मी’को प्रदर्शन मिति तय भएको छ। तात्कालिन गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपाल एकिकरणको दौरान अठारौं शताब्दीको पूर्वाद्र्धमा कीर्तिपुरमा गरेको आक्रमणमा आधारित फिल्म अब भने असार १३ मा प्रदर्शन हुने भएको छ । ५ वर्ष अगाडी नै निर्माण थालनी गरिएको फिल्म साहित्यकार बासु पासाको ‘भैरवसिंह’ नामक उपन्यासमा आधारित छ । हिसिला महर्जन, यशराज गराच, मदनदास श्रेष्ठ, सुशिल राजोपाध्याय, लक्ष्मी गिरी, सूरवीर पण्डित लगायतका कलाकारले अभिनय रहेको फिल्मलाई प्रदीप खड्गीले निर्देशन गरेका छन।

विरेन्द्र ताम्राकार कार्यकारी निर्माता रहेको फिल्ममा प्रेम खड्गी र अनन्त श्रेष्ठको पनि लगानी छ । निर्देशक खड्गीका अनुसार केही वर्षअघि नै प्रदर्शन हुने पर्ने यो फिल्मलाई राजनीतिक अस्थिरताका कारण विगतमा गृह मन्त्रालयले प्रदर्शनको अनुमति दिएको थिएन ।