किन हेर्ने सलमान–क्याट्रिनाको ‘भारत’ ? यस्ता छन् पाँच कारण

बलिउडका सुपरस्टार सलमान खान र अभिनेत्री क्याट्रिना कैफ स्टारर् फिल्म ‘भारत’ ईदको अवसरमा दर्शकमाझ रिलिजमा आइसकेको छ । अली अब्बास जफरद्वारा निर्देशित ‘भारत’ लाखौं दर्शकहरुको लागि पखाईको फिल्म बनेको थियो । यो फिल्मलाई लिएर दबंग खानको सारा फ्यानहरु निकै उत्साहित थिए ।

अभिनेता खानको यस फिल्म दक्षिण कोरियन फिल्म ‘ओड टु माई फादर’को हिन्दी रिमेक हो । फिल्म ‘ओड टु माई फादर’मा १९५० देखि २०१४ सम्मको एक सर्वसाधारण मानिसको क्रियाकलापलाई प्रस्तुत गरिएको थियो ।

सलमानको ‘भारत’ किन हेर्ने ?

– सलमान र क्याट्रिनाको जोडी
फिल्म ‘भारत’ अभिनेता खान र क्याट्रिना कैफ पुनः सँगै देखिएका छन् । ‘एक था टाइगर’ बाट सुरु गरेकी क्याट्रिनाको स्टन्ट ‘भारत’सम्ममा देखिएकी छन् ।

–पहिलो पटक जवानदेखि बुढेसकालसम्मको लुक
यो फिल्ममा अभिनेता सलमानलाई बेग्ला–बेग्लै लुकमा देख्न पाइनेछ । फिल्ममा उनको जवानीदेखि बुढेसकालसम्मको सफरलाई प्रस्तुत गरिएको छ । यसै कारण दबांग खानका फ्यानहरुले धेरै प्रकारको लुक हेर्न पाउनेछन् ।

–ईदको अवसरमा रिलिज गरियो
मुस्लिम धर्मावलम्बीहरुको विशेष पर्व ईदको अवसरमा रिलिज भएको सलमानको प्रत्येक फिल्मले बक्स अफिसमा कमाल गर्दै आएको छ । त्यसोत, ईदको अवसरमा रिलिज हुने फिल्ममा सलमानले बढी कसरत गर्दै आएका छन् ।

– जबरदस्त एक्शन
पुनः एक पटक अभिनेता सलमान खान जबरदस्त एक्शन अवतारमा देखिएका छन्, जुन उनका फ्यानहरुका लागि निकै रोमाञ्चक हुनेछ ।

– सान्दार म्युजिक
फिल्म ‘भारत’मा समावेश गरिएका गीतले पहिले नै सोसल मिडियामा धमाका मच्चाईसकेको छ । ‘स्लो मोसन’, ‘चासनी’, र ‘ऐथे आ’ गीतले सोसल मिडियामा हिट भइकसेका छन् । यी गीतहरु ठूलो पर्दामा हेर्न अझ रोमाञ्चक हुनेछ ।