‘एक्सन’ होइन, ‘इमोशन’ धेरैः रुवाउनेछ सलमान खानको ‘भारत’

बलिउडका अभिनेता सलमान खानको फिल्म भारत रिलिज भइसकेको छ । फिल्मको स्पेशल स्क्रिनिङ मंगलबार मुम्बईमा आयोजना गरियो । फिल्मको स्क्रिनिङमा सुनिल शेट्टी, अनिल कपुर, तब्बू, बबी देओल, सनी लियोनी, संजय लिला भंसाली, महेश मान्जरेकर, ज्याकी श्रोफ र कृति सेननजस्ता कलाकारको उपस्थिती रह्यो । फिल्म हेरेपछि सेलिब्रिटीमात्र नभई यसको प्रि–रिलिज शो हेरेपछि मानिसहरुले पनि सोसल मिडियामा यसको तारिफ गरेका छन् ।

ससल मिडियामा फिल्म हेरिसकेका मानिसहरुले यसको निकै प्रशंसा गरेका छन् । यसले सकारात्मक प्रतिक्रिया पाएको छ । फिल्म बक्स अफिसमा ब्लकबस्टर हुनसक्ने अनुमान गरिएको छ । एक प्रयोगकर्ताले लेखे, ‘फिल्मले राम्रो कमाई गर्नेछ । फर्स्ट हाफ दमदार छ । क्लाइमेक्स उत्कृष्ट छ । फिल्ममा यसपटक सलमानले एक्सनको साटो इमोशनलाई बढी प्राथमिकता दिएका छन् ।’

प्रयोगले लेखे, ‘यसले रुवाउने । परिवारलाई यो मनपर्नेछ । यसले तपाईंलाई रुवाउनेछ । ’ एक प्रयोगकर्ताले लेखेका छन्, ‘सलमानले अभिनय गर्न सक्दैनन् भन्नेहरुलाई यो फिल्मले राम्रै झापड हानेको छ ।

यस्तै, कट्रिना कैफको अभिनयको पनि तारिफ भइरहेको छ । यद्यपि, धेरैजसो प्रयोगकर्ताले सोसल मिडियामा फिल्मको पहिलो हाफ र क्लाइमेक्स राम्रो भएको बताइरहेका छन् ।

अर्थात्, फिल्म केही बेरका लागि स्लो हुन्छ । फिल्मले जुन प्रतिक्रिया पाइरहेको छ त्यो हेर्दा फिल्म निकै चर्चित हुने अनुमान गरिएको छ ।