सलमान खानका बावु ‘साथी जस्तै’

वलिउडस्टार सलमान खानले आफ्नो बावुसँगको सम्बन्धबारे खुलेर बोलेका छन् ।

हालै बिबिसी हिन्दीसँगको कुराकानीमा उनले आफ्ना बावु ‘साथीजस्तै’ भएको प्रतिक्रिया दिएका छन् । वलिउडमा चर्चित लेखक सलीम खान सलमानका बावु हुन् । बावुसँग डर लाग्छ कि ? भनेर सोध्दा सलमानले आफूहरु साथीजस्तै भएको बताए । उनले आफ्ना साथी बावुका साथी पनि हुने भन्दै रमाइला गफ गर्ने बानी रहेको सुनाए ।

सलमानका अनुसार उनका बावु सलीम अचेल छोराहरुसँग दोहोरो अर्थ लाग्ने जोक्स सुनाउने गर्छन् । सलमानले सुनाए, ‘यदी म घर भइन भने पनि केही समस्या हुँदैन, मेरा साथी घरमा आउँछन् र बावासँग गफिएर बस्छन् ।’

सलमान प्रायः ईदको मौकामा नयाँ फिल्म ल्याउँछन् । २०१७ मा ईदको अवसरमा सलमानको ‘ट्युवबलाइट’ रिलिज भएको थियो । २०१९ को ईदमा सलमानको कैटरिना र सुनील ग्रोवरको साथ भारत रिलिज हुँदै छ ।