विवेक ओबरोयलाई मारिदिने धम्की !

बलिाड नायक विवेक ओबरोयलाई मारिदिे धम्की दिइएको छ । धम्की आएपछि उनलाई दुई निजी सुरक्षा अधिकारी प्रदान गरिएको छ । नक्सलवादीले विवेकलाई मारिदिने धम्की दिएको भारतीय मिडियाले जनाएका छन् । विवेकले प्रधानमननत्री नरेन्द्र मोदीको बायोपिकमा मोदीको भूमिका गरेका थिए । यही कारण धम्की दिइएको हो ।

उक्त धम्कीपछि मुम्बई पुलिसको तर्फबाट उनलाई सुरक्षा प्रदान गरिएको हो । उनको निवासबाहिर पुलिसको एउटा गाडी पनि राखिएको छ । विवेक ओबरोयका एक प्रवक्ताले यसबारे पुष्टि गरेका हुन् । उनका अनुसार अभिनेताको ज्यानको खतराको गोप्य जानकारी पाइएको थियो ।