नेपाल आइडलकी मेनुका पौडेलले आफ्नो बिहेबारे पहिलो पटक मुख खोलिन, हेर्नुहोस भिडियो

टेलिभिजन रियालिटी शोमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी नवगायिका हुन् मेनुका पौडेल । उनी नेपाल आइडलको पहिलो संस्करणकी प्रतिस्पर्धी हुन् ।नेपाल आइडलमा हुँदा जजहरुको मन जित्न सफल भएकी उनी टप ११ बाट आउट हुन पुगिन् ।

उनको सांगीतिक क्षेत्रको लगाव र झुकावमा भने कमि आएन । बरु झनै तिखारिँदै खारिँदै आफ्नो पहिचान भारतसम्म पुराउन सफल भइन् । भारतीय टेलिभिजन रियालिटी शो सारेगमपमा उनले आफ्नो उच्च क्षमता देखाएर तारिफ र प्रशंसा बटुलिन्

तर, दूर्भाग्य नेपाल आइडलको टप ११ बाट बाहिरिएकी उनी सारेगमपको पनि टप ११ बाटै आउट भइन् । र पनि उनी हार मानेकी छैनन् ।
ओएसनेपालसँगको कुराकानीमा उनले आउँदो वर्ष सारेगमपको उपाधि जितेरै छाड्ने प्रतिबद्धता जनाइन् ।