ऋषीलाई भेट्न जाँदा नितुले के भनिन दिपिकालाई ?

हालै मात्र मेट गालामा शानदार प्रस्तुति दिएकि दिपिकाले न्यूयोर्कमा उपचार गराउदै गरेका बलिउड अभिनेता ऋषी कपूरलाई समेत भेट्न गएकी छिन। दीपिका भेट्न जाँदा ऋषि कपुर र नितु कपुर निकै खुसी थिए । ३ जनाले खिचेको तस्बिर अहिले नितुले सोसल मिडियामा सेयर पनि गरेकी छिन् । भेटमा दिपिकालाई नितु कपुर र रणबीरकी दिदी रिद्धिमाले एक विशेष ब्रासलेट उपहार दिइन् । दीपिकाले यसको तस्बिर इन्स्टाग्राममा सेयर गर्दै लेखिन्, ‘आशिर्वाद र प्रेम ।’


स्मरण रहोस रणबिर कपूर र दिपिकाको ब्रेक अप पछि पनि तमाशामा काम गरिसकेका छन। र पुन: अर्को फिल्ममा पनि संगै आउने तयारी गरिरहेका छन।