‘चेहेरे’मा बिग बि देखिए भयानक रुपमा

उमेरले ७० काटीसके पनि बिग बिको जोश र जाँगर अहिले सम्म पनि घटेको छैन। बर्षौ देखि बलिउडमा राज गर्दै आएका बिग बि अहिले पनि प्राय; लिड रोल मै फिल्ममा देखा पर्छन। उनका विभिन्न छुट्टै रुपमा धेरै फिल्महरु पनि आई सकेका छन त्यस्तै अहिले उनकै लिड रोल रहेको फिल्म ‘चेहेरे’को सेट बाट अमिताभको तस्बिर बाहिरिएको छ। अभिताभ बच्चनले चलचित्र छायांकन चलिरहँदा आफ्नो लुक्स सार्वजनिक गरेका छन् । उनले सामाजिक संजालमा तस्विर पोस्ट गर्दै आफ्नो लुक्स सार्वजनिक गरेका हुन् । जहाँ अभिताभ बच्चन फरक अवतारमा देखिएका छन् । लामो अनि फुलेको दारीमा अभिताभलाई निकै सुहाएको छ । उनले लागाएको चस्मा र टोपीबाट पनि क्यारेक्टरलाई प्रस्टाउन खोजिएको छ ।