मिरुनाको ‘साईनो’ सर्यो

नेपाली सिने जगतकै पहिलो अभिनेत्री भुवन चन्दले निर्माण गरेको फिल्म ‘साइनो’को रिलिज मिति सरेको छ। प्राविधिक पक्षको काम नसकिएको कारण देखाउदै निर्माण पक्षले झन्डै डेढ महिना पछाडी रिलिज धकेलेको हो । फिल्म अब साउन २४ मा रिलिज हुनेछ । रमेश थापा निर्देशित फिल्ममा नीता ढुंगाना, मिरुना मगर, राजकुमार, भुवन चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई लगायतको अभिनय छ ।

चन्द्र विनायक फिल्म प्रोडक्सनको व्यानरमा निर्माण गरिएको फिल्ममा अभिमन्यु निरवीको लेखन, रामेश्वर कार्कीको छायाँकन र वान नेपाल एक्सन टिमको द्वन्द छ ।