पुर्व प्रेमी भेटीए पछि भागिन सारा

सारा अलि खानलाई बलिउडकि भाग्यमानी अभिनेत्रीको रुपमा लिने गरिन्छ। उनि अभिनित दुवै फिल्मले नै बलिउडमा धमाल मचाए पछि उनलाई फिल्ममा लिनेको लाईन छ। हालै मात्र आफ्नै बाबुको फिल्म ‘लव आजकल’ को सिक्वेलमा काम गरेकी उनले पुन: अर्को सिक्वेल कुल्ली न. १ मा वरुण धवनसँग काम गर्दै छिन। आफुलाई सिङ्गल बताउदै आउने साराको एक चोटी ब्रेक अप भै सकेको छ। साराको पुर्व गृहमन्त्री सुशिल कुमारका नाती वीर पहाडियाको सम्बन्धको बारे प्राय:लाई थाहा नहुन सक्छ । अन्तरिक झमेलाका कारण अलग भएका यी पुर्व प्रेमी प्रेमिका एक पटक पुन: आमने सामने भएका छन। हालै मात्र साराकि साथी अनन्या पाण्डेको फिल्म ‘स्टुडेन्ट अफ दि इयर २’ हेर्न पुगेकी उनि फिल्म नहेरी भागेकी थीइन कारण थियो उनकै पुर्व प्रेमी वीर। सारालाई थाहा थिएन कि त्यहाँ उनको पूर्व प्रेमीलाई पनि निम्ता गरिएको थियो । साराले उक्त कुरा थाहा पाएपछि फिल्म नै नहेरी निस्किएकी थिइन् ।