करोडको सम्पत्ति कुम्ल्याएको आरोपमा सरस्वती विरुद्ध उजुरी

आफुलाई रकस्टार भन्दै स्टेजमा अङ्ग प्रदर्शन गर्दै छाडा प्रस्तुतिका कारण चर्चामा आईरहने गायीका सरस्वति लामा विरुद्ध उजुरी परेको छ। उजुरी कसले गर्यो त्यो थाहा पाउँनु भयो भने तपाई छक्क पर्न सक्नु हुनेछ। सरस्वतीलाई अरु कसैले हैन आफ्नै पतिले उजुरी अग्रेका हुन्। पुर्वपती धनबहादुर लामाले एक करोड बढीको सम्पत्ति लिएर भरार भएको भन्दै प्रहरीमा निवेदन दिएका हुन्, सरस्वती अर्कै पुरुषसँग बिहे गरेको निवेदनमा उल्लेख छ । सरस्वतीले कोठामा रहेको १५ लाखभन्दा बढी सम्पत्ति, गरगहना र नगद रकमसहित श्रीमती फरार भएको प्रहरीलाई जानकारी गराएका छन् । यस बिषयमा उनले सरस्वती एक करोड ६ लाखभन्दा बढीको सम्पत्तीसहित हराएको भन्दै प्रहरीमा निबेदन दिएका छन् । यी दुईले ०६४ सालमा विवाह गरेका थिए।