के ‘भुल भुलैया २’मा हुनेछन पुरानै कलाकार ?

सन् २००७ को ब्लक बस्टर फिल्म भुल भुलैयाको सिक्वेलको प्रतिक्षामा रहेका दर्शकहरुका लागि खुसीको खबर आएको छ। लामो समय देखि सिक्वेलको सोचमा रहेका फिल्मका निर्माता भुषण कुमारले अब भने फिल्मको सिक्वेल बनाउने लगभग पक्का जस्तै भएको छ। स्रोतले दिएको जानकारी अनुसारमा फिल्मका लेखक तथा निर्देशक फरहाद सामजी अहिले हाउसफुल ४ को काममा ब्यस्त भएकाले सो प्रोजेक्ट अड्किएको हो। अहिले सम्म अक्षय र अरु कलाकारहरु दोश्रो सिक्वेलमा हुने नहुने फाइनल भै नसके पनि सो हाउसफुल ४ को काम सकिने बित्तिकै भुलभुलैयाको सिक्वेलको कस्टिङ्गका बारेमा फाइनल गरिने छ।