ड्रेसको कारण ट्रोल बनेकी वर्षालाई नेपाली रनवीर सिंहको उपनाम

बेला बेलामा गसिपमा छाई रहने अभिनेत्री हुन् वर्षा सिवाकोटी। कहिले आफ्नो फिल्म नचलेको भन्दै त् कहिले प्रेम सम्बन्धमा उनका गसिपहरु बजारमा बनिरहेका हुन्छन। अब भने उनै वर्षा आफुलेले गाएको ड्रेसको कारण गसिपको पात्र बनेकी छिन। केहि दिन अघि जिन्सको ज्याकेटको बटम तलमाथि गरेर लगाउँदा बर्षा ट्रोलको सिकार भएकी थिइन् भने अहिले उनले लगाएको पेन्ट र सेन्डलका कारण ट्रोल बनेकी छिन।

हिजो मात्र बिर बिक्रम २ को कन्सर्टमा एउटा खुट्टामा आर्मीको कम्ब्याट पेन्ट अनि कालो सेन्डल र अर्को खुट्टामा निलो जिन्स अनि खैरो सेन्डलमा देखिएकी उनको मजाक बनेको छ। कतिले त् उनलाई नेपाली रनबिर सिंहको उपनाम पनि दिईरहेका छन भने कतिले विभिन्न फिल्मको संवाद जोडेर उनको मजाक उडाईरहेका छन। बलिउडमा रणवीर अनेकौं फेसन गर्छन । उनको फेसनलाई लिएर उनकै श्रीमति दीपिका पादुकोण पनि मजाकको पात्र बन्ने गर्दछिन् । त्यस्तै, वर्षाको फेसनलाई लिएर मजाक उडाइरहेका छन् । तर वर्षाले भने फोटो भाइरल भएको मज्जा लिइरहेकी छन् । उनले हरेक ट्रोल ईन्स्टाग्रामको स्टोरीमा सेयर गरिरहेकी छिन् । उनको फिल्म बिर बिक्रम २ अर्को हप्ताबाट देशभर प्रदर्शन हुदैछ।