‘वाउ.. लाग्ने नेपाली अभिनेत्रीहरु कुनै छैनन्’ : स्वस्तिमा खड्का

‘होस्टल रिटन्स’बाट रजतपटमा पाईला टेकेकी अभिनेत्री हुन् स्वस्तिमा खड्का। पहिलो फिल्ममा सहायक भूमिकामा अभिनय गरे पनि सबैको नजरमा परेकी स्वस्तिमालाई पहिलो फिल्मले नै सफलता प्रदान गरेको थियो। झनै अभिनेता/निर्देशक निश्चल बस्नेतसँग बिहे गरेपछि त झन् उनले अहिले सम्म पछि फर्कनु परेको छैन। होस्टल रिटन्सबाट मिलेको सफलतासँगै उनले दिपेन्द्र के खनाल निर्देशित फिल्म ‘लभ लभ लभ’मा सोलो अभिनेत्रीको रुपमा देखा परिन जसलाई दर्शकहरुले ठाडै अस्विकार गरिदिएका थिए। त्यसपछि उनले अभिनय गरेका फिल्महरु ‘ जय भोले’, नाई नभन्नु ल ५’, ‘छक्का पन्जा २’ र ‘बुलबुल’मा देखिएकी थिईन। जसलाई दर्शकले मन पराएका थिए।
उनै स्वस्तिमाले अब भने नेपाली अभिनेत्रीहरुका बारेमा दिएको अभिव्यक्तिको चर्चा अहिले चल्न थालेको छ। उनले एक अनलाईन पत्रिकाले सोधेको प्रश्न ‘नेपाली सिमेमा क्षेत्रका अभिनेत्रीहरु मध्ये तपाईको आइडल चै को हो ?’को जवाफ दिदै यसो भनेकी छन ‘हाम्रा सबै सिनियर एक्ट्रेसहरूलाई म रेस्पेक्ट गर्छु । उहाँहरूको आ–आफ्नै स्थान छ । तर, मैले आइडल नै मान्ने एक्ट्रेसचाहिँ कोही पनि छैन । आइडल मान्नका लागि सबै कुरा वाउ.. ओ माइ गड हुनुप-यो । अहिलेसम्म मैले त्यस्तो कोही भेटेकी छैन । कसैको के राम्रो लाग्छ, कसैको के, तर पर्फेक्टचाहिँ पाएकी छैन । त्यसैले मैले आइडलकै रूपमा लिनुपर्ने कोही छैन । राम्रो लाग्ने हलिउड, बलिउडका आर्टिस्टहरू छन् । तर, उनीहरूसँग चिनजान छैन । खाली मिडियामा आएको खबरका आधारमा आइडल मान्न त कसरी सकियो र !

धेरै अभिनेत्रीहरुले आफ्ना आइडल अभिनेत्रीहरुका बारेमा बताउदै गर्दा स्वस्तिमालाई भने नेपालमा आइडल मान्नु पर्ने कुनै पनि अभिनेत्री नरहेको भन्दै जवाफ दिएकि छिन।