‘भारत’को ट्रेलर सार्वजनिक, सलमान देखिए ५ अवतारमा

बलिउडको प्रतिक्षित फिल्म ‘भारत’को ट्रेलर सार्वजनिक भएको छ। भारतका पहिला प्रधानमन्त्री जवाहरलाल नेहरुको डाइलगबाट सुरु भएको ट्रेलरमा सलमान खानलाई छुट्टा-छुट्टै ५ अवतारमा देख्न सकिन्छ। ३ मिनेट ११ सेकेन्ड लामो ट्रेलर सलमान र कट्रिनाको रोमान्टिक केमेस्ट्री पनि देख्न सकिन्छ । भारतको भूमिकामा देखा परेका सलमानको ७१ साल सम्मको जीवन कहानी फिल्ममा समावेश गरिएको छ। ५ जुनमा रिलिज हुने फिल्ममा सलमान-कट्रिनाका साथै दिशा पटानी, सुनिल ग्रोवर र ज्याक्की श्रोफको पनि मुख्य भूमिका रहेको छ।

ट्रेलर हेर्नुस :