सूर्यवंशीमा अक्षय र कट्रिनाको रोमान्स

अक्षय कुमारको मुख्य भूमिका रहने फिल्म ‘सूर्यवंशी’मा  कट्रिना कैफ फाइनल भएकी छन् । सिम्बा रिलिजको सममै निर्देशक रोहित सेट्टीले सूर्यवंशीको टिजर रिलिज गरेका थिए। सो फिल्ममा अब कट्रिना र अक्षयलाई रोमान्स गर्दै गरेको देख्न सकिनेछ । अक्षयले ट्वीटर मार्फत यस ‘कप्स युनिभर्स’मा कट्रिनालाई स्वागत गरेका छन् । यो जोडी करिब ९ वर्ष पश्चात पुन: पेयरिङ गर्दैछ ।


सन् २०१० को ‘तीस मार खान’ पश्चात यी दुई सँगै पर्दामा देखिएका छैनन् ।करण जोहरको निर्माण रहने ‘सूर्यवंशी’लाई रोहित सेट्टीले निर्देशन गर्नेछन् । स्मरण रहोस अक्षय र कट्रिनाले ‘हामको दीवाना कर गए’, ‘नमस्ते लण्डन’, ‘वेलकम’, ‘सिंह इज किङ’, ‘दे दनादन’ जस्ता हिट फिल्ममा काम गरिसकेका छन् ।