‘हजार जुनी सम्म’ को एम. जी. रोडैमा सार्वजनिक

निर्देशक विकास राज आचार्यको दशौँ प्रस्तुती ‘हजार जुनी सम्म’को पहिलो गीत सार्वजनिक गरिएको छ। सोमबार राजधानीमा पत्रकार सम्मेलन गराउदै निर्माण टिमले एम. जी. रोडैमा बोलको गीत सार्वजनिक गरेको हो। कविराज गहतराजले कोरियोग्राफी भरेको गीतमा स्वस्तिमा खड्का, सलोन बस्नेत र नव नायक अखिलेश प्रधानले कम्मर मर्काएका छन् ।राजनराज सिवाकोटीको शब्द, संगीत र स्वर सजित गीतमा छायाँकार पुरुषोत्तम प्रधानको पनि एक झल्को देखाइएको छ । भने, संगीतकारलाई गायकीमा मेलिना राईले साथ दिएकी छन् ।

गीत हेर्नुस

विकासराज आचार्यको निर्देशनमा बनेको फिल्ममा विशाल चाम्लिङले लगानी गरेका छन। साउन ३० गतेदेखि अलनेपाल रिलिज हुने फिल्ममा आर्यन सिग्देल, प्रियंका कार्की, संचिता लुइँटेल, स्वस्तिमा खड्का, सलोन बस्नेत, शिवहरी पौडेल, अनुभव रेग्मीलगायतका कलाकारको अभिनय छ । यहि फिल्मबाट अखिलेश प्रधानले अभिनयमा डेब्यु गर्दैछन् ।