विक्कि कौशल परे दुर्घटना, अनुहारमा १३ टाँचा

बलिउड अभिनेता विक्की कौशल दुर्घटनामा परेका छन । भानु प्रताप सिंहको हरर फिल्मको छायांकनको क्रममा गुजरातमा घाईते भएका हुन् । टेक दिने क्रममा सेटको ढोका विक्की माथी खसेको थियो । सो घटनाबाट विक्कीको अनुहारमा १३ टाँका लगाइएको र च्यापुको हड्डी पनि फ्र्याक्चार भएको जानकारी बलिउड समिक्षक तरन आदर्शले आफ्नो आधिकारिक ट्विटरमा लेखेका छ्न। गुजरातमा पहिलो चरणको उपचार पछि उनलाई अहिले मुम्बई ल्याईएको छ