कबड्डी ३ बाट प्रदिप निक्लिएका कि निकालिएका ?

गत बर्ष अभिनेता प्रदीप खड्काका लागि खासै सुखद रहेन भन्दा पनि फरक नपर्ला। बर्ष ०७५ मा प्रदीपका २ फिल्महरु रोज र लभ स्टेसन प्रदर्शनमा आएका थिए। रोज नराम्रोसँग पछारिदा लभ स्टेसनले पनि प्रदिपलाई खासै राहत भने दिन सकेन। रोजी महर्जनको रियल स्टोरीमा आधारित भए पनि रोजलाई दर्शकहरुले ठाडै अस्वीकार गरिदिएका थिए भने उनको अर्को फिल्म लभ स्टेसनलाई त झन् चोरी  कै आरोप पनि लागेको थियो, नलागोस पनि किन फिल्म नै टर्कीयन फिल्म ‘सेम्बिम्ली टेम्केली’ र ‘हे से असक्तन’को हुबहु कपि थियो तर फिल्म चल्नु अघि आफुलाई पानी माथिको ओभानो ठान्दै फिल्म कपि हो भन्ने पत्रकारलाई प्रदिपले थर्काउन सम्म भ्याए। फलस्वरूप प्रदिपको लभ स्टेसनलाई २ दिन पछि दर्शकले पत्याउनै छोडे। पत्याउन पनि कसरी डुब्लिकेट फिल्मलाई खर्च गरेर हल सम्म पुग्नु भन्दा ओरिजिनल फिल्म युटुबमा हेर्नु बेस भन्दै लभ स्टेसनलाई दर्शकले नकारे।

अब भने प्रदीपको घमण्ड भनौ या ओभर कंफीडेन्टले आफैलाई हानी गर्न लागेको छ। किन भने केहि समय अघि मात्र फिल्म कबड्डी ३ मा उनले काम गर्ने पक्का जस्तै नै भै सकेको थियो। तर एक अन लाईन पत्रिकामा अब भने सो फिल्ममा प्रदिपलाई न खेलाउने पक्का नै भएको खबर छ। लभ स्टेसनको नतिजा हेरेर कबड्डी ३ मा प्रदिपलाई लिने सोच बनाएका थिए रामबाबु गुरुङले। तर भयो त्यसको विपरित । अब भने गुरुङ आफ्नो सोच परवर्तन गरेको जानकारी बाहिरिएको छ।

कबड्डी ३ बाट प्रदिप आउट भए संगै अभिनेता/निर्देशक निश्चल बस्नेत ईन भएको खबर पनि बाहिरिएको छ।