पूजाको ‘पोई पर्यो काले’ आकाश

‘रामकहानी’को लोकप्रिय जोडी पूजा शर्मा र आकाश श्रेष्ठले तेस्रो पटक स्क्रिन शेयर गर्ने भएका छन् । ‘तिमि सँग’ निर्देशक शिशिर राणाले निर्देशन गर्ने ‘पोइ पर्यो काले’मा यी दुई फाइनल भएका हुन् ।
‘रामकहानी’को लोकप्रिय जोडी पूजा शर्मा र आकाश श्रेष्ठले तेस्रो पटक स्क्रिन शेयर गर्ने भएका छन् । ‘तिमि सँग’ निर्देशक शिशिर राणाले निर्देशन गर्ने ‘पोइ पर्यो काले’मा यी दुई फाइनल भएका हुन् ।
जेठबाट छायाँकनमा जाने फिल्ममा अन्य दुई मुख्य कलाकारको खोजी भैरहेको छ । दीपक मनाङ्गेले निर्माण गर्ने फिल्म कार्तिक ८ गते लक्ष्मीपूजाको अवसरमा रिलिज गरिनेछ ।

रेड बर्ड प्रोडक्सनको व्यानरमा निर्माण हुने फिल्ममा रघु परियार र किरण नेपाली निर्माता रहनेछ । पूजा र आकाशको प्रतिक्षित फिल्म ‘सम्हालिन्छ कहिले मन’ छायाँकनको अन्तिम चरणमा छ ।