सन्दीपको लालुमै करोड क्लबमा

पछील्लो समयमा अत्याधिक दर्शकको मायाँ पाएको लोक दोहोरी गित लालुमैले करोड बढी दर्शक पाएको छ । लामो समय नेपाली लोक दोहोरी क्षेत्रमा संघर्ष गरेका गायक न्यौपानेलाइृ यो गितले उचाई थपिदीएको छ ।

 

युटुबमा सार्वजानिक भए देखिनै दर्शकको अत्याधिक माया पाएको लालुमैमा चर्चित गायक तथा मोडल सन्दिप न्यौपाने र चर्चित लोक गायिका बिष्णु माझिको सुमधुर स्वरमा रहेको यो गीतमा शिब हमालको शब्द तथा संगीत छ भने गीतको एरेन्ज आशिस अविरलले गरेका हुन् ।

लोक शैलीको म्युजिक भिडीयोलाई प्रकास भट्टले निर्देशन गरेका हुन् । भिडीयोमा गायक न्यौपाने र मोडल सृष्टि खड्का नृत्य तथा अभिनय गरेका छन् ।
छोटो समयमा यसरी अत्याधिक रुपमा दर्शकले मनपराई दिएकोमा सम्पुर्ण दर्शक तथा शुभचिन्तकलाई सन्दिपले धन्यबाद व्यक्त गरेका छन ।