अनमोलको ‘परान’ नै भईन सुहाना

चलचित्र ‘ए मेरो हजुर ३’ को ‘परान’ बोलको दोसा्रे गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘परान’ बोलको गीतमा चलचित्रका मुख्य कलाकार नायक अनमोल केसी र डेब्यु नायिका सुहाना थापालाई फिर्चड गरिएको छ ।

आशिष अविरल र अन्जु पन्तको स्वर रहेको गीतमा आनन्द अधिकारीको शब्द रहेको छ भने आशिष अभिरलकै संगीत रहेको छ । गीतको भिडियोलाई प्रविण सिंहले कोरीयोगा्रफी गरेका हुन् । म्युजिकल लभ स्टोरी चलचित्रमा अनमोल र सुहानाको मुख्य भुमिका रहेको छ ।

त्यस्तै गरी अनमोल र सुहानासँगै अर्पण थापा, सलोन बस्नेत, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, बिशाल पहाडी, रेअर राई, सरोज खनाल लगायतको अभिनय रहेको छ ।

यही चलचित्रबाट निर्माता सुनिल कुमार थापा र निर्देशक तथा अभिनेत्री झरना थापाले छोरी सुहाना थापालाई नेपाली चलचित्र क्षेत्रमा डेब्यु गराउँदै छन् ।
निर्देशक थापा र सुमन पौडेलको कथा लेखन रहेको चलचित्रमा द्धन्द्ध रोशन श्रेष्ठको रहेको छ । संजय लामाले छायाँङ्गकन गरेका हुन् । चलचित्र चैत २९ गतेदेखि रिलिज हुँदैछ ।