चलचित्र विकास बोर्ड अध्यक्षमा केशव भट्टराई नियुक्त

चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई नियुक्ती भएका छन् । बिहिवार मन्त्रीपरिषदको बैठकबाट भट्टराईलाई अध्यक्ष पदमा नियुक्क्त गरिएको हो । निकिता पौडेलले राजीनामा दिएपछि रिक्त भएको बोर्ड अध्यक्षका लागी पाँच जनाको दरखास्त परेको थियो ।

उनी चलचित्र निर्माता संघमा वरिष्ठ उपाध्यक्ष पदमा थिए । बोर्डको अध्यक्षमा नियुक्त भएका भट्टराईले भोली शक्रवारदेखिनै बोर्डमा हाजीर गर्नेछन् ।

बोर्ड अध्यक्ष भएपछि संक्षिप्त प्रतिक्रिया दिदै भट्टराईले आफनो योजनाको बारेमा पदवहाली गरीसकेपछि मात्र जानकारी दिने बताए ।
नयाँ बोर्ड अध्यक्ष भट्टराईलाई बधाई तथा सफल कार्यकालको शुभकामना !