‘ए मेरो हजुर ३’ को गीतमा अनमोल र सुहानाको रोमान्स

चलचित्र ‘ए मेरो हजुर ३’ को ‘जिन्दगी नै भन्दिन’ बोलको गीत सार्वजनिक भएको छ । गीतको भिडियोमा युवा स्टार अनमोल केसी र डेब्यु नायिका सुहाना थापा फिचरिङ छन् । सार्वजनिक गीतमा सुगम पोखरेल र प्रविशा अधिकारीको स्वर, एकनारायण भण्डारीको शब्द, आशिस अभिरलको संगीत तथा एच बि एन किस्मतको मिक्सिङ रहेको छ । उक्त सार्वजजिक गीतमा अनमोल केसी र सुहाना थापा एक अर्का बिनाको जिन्दगी जिन्दगी नै हैन भन्दै निकै रोमान्टिक मडमा देखिएका छन ।

चैत २९ गते प्रर्दशन मिति तोकिएको यस चलचित्रलाई झरना थापाले निर्देशन गरेकी हुन् । ‘सुहाना इन्टरटेन्मेन्ट’को ब्यानरमा निर्माण भएको चलचित्रमा सुनिल कुमार थापाको लगानी रहेको छ । संजय लामाले खिचेको चलचित्रलाई दीघ खड्काले सम्पादन गरेका छन् ।

चलचित्रमा अनमोल र सुहानासगै सलोन बस्नेत रविन्द्र झा, रपा घिसिङ, रेअर राईलगायतको मुख्य भुमिका रहेको छ ।