‘दाल भात तरकारी’को शीर्ष गीत रिलिज

बैशाख २० गतेबाट प्रर्दशनमा आउन लागेको चलचित्र ‘दाल भात तरकारी’को शीर्ष गीत दाल भात तरकारी सार्वजनिक भएको छ । गीतमा राजेश पायल राई र स्मृता दाहालको स्वर रहेको छ भने शम्भुजित बास्कोटाले संगीत भरेका छन् ।

उक्त सार्वजनिक गीतमा हरिवंश आचार्य, निरुता सिंह, आचल शर्मा र पुष्प खड्काको रमाइलो कम्वीनेशन देख्न सकिन्छ । गीतमा हरिवंश आचार्यकै शब्द रहेको छ । संगीत संयोजन रिकेश गुरुङको रहेको छ भने कोरीयोगा्रफी प्रविन सिंहको रहेको छ ।

मह संचारको प्रस्तुतिमा किरण केसीले निर्माण गरेको चलचित्रलाई सुदन केसीले निर्देशन गरेका हुन् । उनको यो डेब्यु निर्देशन हो । वैशाख २० गतेबाट रिलिज हुने यस चलचित्रमा मदनकृष्ण श्रेष्ठ, प्रिंयका कार्की, वर्षा राउत, किरण केसी, शिवहरि पौडेल, राजाराम पौडेल, बसुन्धरा लगायतको अभिनय रहेको छ । हेनुहोस भिडियो ।