पुन गित अपलोड गर्न आग्रह गर्दै लोकदोहोरी पतिष्ठानले निकाल्यो बिज्ञप्ती , अब के गर्लान पशुपतिले ?

लुटन सके लुट बोलको गितको सम्बन्धमा लोकदोहोरी गित प्रतिष्ठानले पेस बिज्ञप्ती जारी गरेको छ । गीत संगित अभिनय लगायतका अभिव्यक्तिका माध्यमबाट जनताले सरकारको या सार्वजानिक पदधारकको आलोचना गर्न पाउनु पर्दछ भन्दै वाक स्वतन्त्रताको हनन सैह्य नहुने बताएको छ ।

लोक दोहोरी गित प्रतिष्ठानमा गिती डिजिटल प्लेटफर्ममा राख्ने या हटाउने सम्बन्धमा कहि कतैबाट पनि अधिकारीक निबेदन संस्थामा नआएकोले हटाउने सम्बन्धमा कुनै पनि आधिकारीक पत्र पशुपतिलाई नआएको समेत जानकारी गराएको छ ।

पशुपति स्वयंम उपस्थित भएर सार्वजानिक गरिएको प्रेस बिज्ञप्तीमा पशुपति शर्माको गीतमा प्रयोग भएका शब्दमा कलाकार आफैलाई फेर्न योग्य लागेर गीत हटाउनु भएको हो भने त्यो उहाँको निजि स्वतन्त्रताको कुरालाई संस्था सम्मान गर्दछ तर कुनै दबाब या कुनै धम्कीको कारणले हटाउनु भएको हो भने गितलाई जस्ताको तस्तै पुन अपलोड गर्नुहुन संस्था अनुरोध गर्दछ भनिएको छ । त्यसपछी आईपर्ने विवाद,बार्ता र छलफलले समस्या समाधान गरिने पनि बिज्ञप्तीमा उल्लेख छ ।

पशुपति शर्माले भने अहिले मडियामा केही नबोल्ने बताए ।

यस्तो छ पतिष्ठानले निकालेको बिज्ञप्ती –