नबिनबाबु गुरुङको नयाँ गीत कौडा रक “विरहले”

चर्चित फोटोपत्रकार तथा गायक नबिनबाबु गुरुङले आफ्नो नयाँ गीत विरहले कौडा गीत सार्वजनिक गरेका छन्।  लामो समय फोटो पत्रकारिता संगै म्युजिक भिडियो निर्माणमा ब्यस्त उनले आफ्नै गीतको भने लिरिकल भिडियो सार्वजनिक गरेका छन्।

मगर गुरुङ दुरा समुदायमा प्रचलित भाका कौडालाइ उनले रक फ्युजन शैलीमा प्रस्तुत गरेका छन्।  किसन गुरुङको संगीत तथा नबिनको आफ्नै शब्दलाई साहस शाक्यले संगीत संयोजन गरेका हुन्।