कुमार पुनको स्वरमा अर्को मौलिक गित बजारमा

लोक दोहोरी गायक कुमार पुनलाई सम्झना साथ लोक पारखीहरुले मौलिक गितको याद गरिहाल्छन् । आफ्नै लबज र आफ्नो छुट्टै पहिचान बोकेर लाखौ दर्शकको मनमा बस्न सफ पुनको स्वरमा सजिएको अर्को गित बजारमा आएको छ ।

लोक गायिका कमला किरणको गित मनको पिर बिसाउने बोलको गितको रुपमा सार्वजानिक भएको गितमा समाबेश भएका अधिकांश शब्दले मौलिकता बोकेको छ । उक्त गितमा कमलाको पनि स्वर रहेको छ ।

 

सगीतमा लोकप्रिय गायक हुम गैरेको शब्द , जमुना रानाको लय रहेको छ । जसमा धिरज पाल्पालीको एरेन्ज र दुर्गा पौडेल छायांकन रहेको भिडियोलाई जमुना रानाले निर्देशन गरेकी छिन् ।

 

यस “मनको पिर बिसाउने म्युजिक भिडियोमा रत्न विश्वकर्मा ,बिबिका पोखरेल लगायतका कलाकारले अभिनय गरेका छन् ।