कार वासर देखि प्लेएर सम्म अनमोल यस्तो छ धमकेदार क्याप्टेनको ट्रेलर

सधै हाई प्रोफाईल परिवारको सुखी छोराको रुपमा मात्र प्रस्तुत हूदै आएका नायक अनमोल केसीले चलचित्र क्याप्टेनमा आफ्नो अभिनयमा फरक पन दीने मौका पाएका छन् । क्याप्टेन ट्रेलरमा उनले संघर्षका दिनमा कार धुने, सिमेन्ट बोक्ने र घर रंग्याउनेसम्मका काम गरेका छन् ।

 

अन्तरराष्ट्रिय स्तरको खेल खेलेर देशलाई गोल्ड मेडल जिताउन संघर्षरत गाउँले युवकको कथा फिल्मले प्रस्तुत गरेको छ । फागुन १७ गते रिलिज हुने फिल्ममा सरोज खनाल, सुनिल थापा, विल्सनबिक्रम राई, राजाराम पौडेल, बुद्दी तामाङ पनि अभिनय छ । यहि फिल्मबाट उपासना सिंह ठकुरी र प्रियंका एमभीले अभिनय यात्रा थालनी गर्दैछन् ।

 

कार्यकारी निर्माता जिया केसी रहेको फिल्मका निर्माता भुवन केसी हुन् । फिल्म निर्देशक दीवाकर भट्टराईको लेखन, दिर्घराज खड्काको सम्पादन, अर्जुन पोखरेलको संगीत, सामिप्यराज तिमिल्सिनाको कथा र सुदिप बरालको डिओपी छ ।

 

चलचित्रमा खेलाडी अनमोलको प्रशिक्षकको रुपमा प्रशान्त ताम्राकार देखिएका छन् ।