कलाकार बीएस राणाको निधन

स्वासप्रश्वासमा समस्या देखिएपछि एक साता अगाडि देखि टिचिड. अस्पतालमा भर्ना भएका चर्चित कलाकार बीएस राणाको निधन भएको छ । उनको उपचारको क्रममा काठमाण्डौको टिचिङ अस्पतालमानै निधन भएको हो ।

 

उनले अभिनय गरेका चलचित्रहरुमा ‘दर्पण छाया २, सेतो बाघ, हवल्दार सुन्तली, काफल पाक्यो, सम्बोधन, साथी म तिम्रो, आई एम सरी, कसले चोर्यो मेरो मन, दासढुंगा, बसन्ती, दाग’ लगायतका थिए ।

 

नेपाली कलाकारहरुको धरोहरका रुपमा रहेका राणाले नेपाली चलचित्र क्षेत्रमा बिभिन्न किसिमबाट ठुलो योगदान दिएका थिए ।