सुरज र दुर्गाको नछुट्टिने माया प्रेम,‘यी आखाँले’ सार्वजनिक

हरेक दिन नयाँ टेस्टका गीत संगीत र म्युजिक भिडियो नेपाली संगीत बजारमा सार्वजनिक भैरहेका छ्न । संगीतका माध्यम बाट नाम , दाम र सम्मान कमाउने सोचका साथ नयाँ कलाकारहरुको अहीले आगमन पनि दिनानुदिन भैरहेको छ।

पछिल्लो समय गीत संगीतको माध्यमबाट नेपाली लोक बजारमा छाउदै गरेका नव कलाकार हुन सुरज रेग्मी । यतिबेला उनै सुरज रेग्मी र दुर्गा खड्काको अभिनयमा रहेको अत्यन्तै मार्मिक लोक दोहोरी ‘यी आखाँले’ बोलको गीत लोकप्रिय म्युजिक कम्पनी प्रसन्न म्युजिक प्रालीको प्रस्तुतिमा गोल्डेन म्युजिकको आधिकारिक युट्यूब च्यानल मार्फत डिजिटल बजारमा आएको छ ।

गीतमा आफनो प्रेमीका बाहेक अन्त मन नजाने र जस्तो अवस्थामा पनि आफनो प्रेमीकालाई स्वीकार्ने कुरा सुरजको अभिनयमा देख्न सकिन्छ साथै म्युजिक भिडियोमा प्रेमको यथार्थ कहानीलाई प»स्तुत गरीएको छ ।

गायक तथा सर्जक रमेश बिसीको उत्कृष्ट शब्दमा सृजना गरिएको गीतमा पछिल्लो समयकी बहुचर्चित गायिका शान्तिश्री परियार र गायक प्रबिण क्षेत्री साथमा गायक गीतकार संगीतकार तथा एरेन्जर पदम बिसीको सुमधुर स्वर रहेको छ भने गीतमा लय पदम बिसीकै रहेको छ ।
उक्त गीतलाई प्रसन्न म्युजिकले बजार ब्यबस्थापन गरेको छ ।
भिडियो हेनुहोस ।