पत्रकारले क्यूज हल र ‘शुभ लभ’ फिल्म बहिष्कार गर्ने

कमलादी स्थित क्यूज सिनेमा हलमा आयोजित फिल्म ‘शुभ लभ’को पत्रकार भेटघाट कार्यक्रममा हलमा कर्मचारीबाट पत्रकारमाथी भएको दुर्व्यवहार प्रति चलचित्र पत्रकार संघ, नेपालले आपत्ति प्रकट गर्दै घटनाको घोर भत्र्सना गरेको छ । प्रेस विज्ञप्ति सार्वजनिक गर्दै संघले उक्त घटनालाई समाचार सम्प्रेषणमाथीको अवरोध र प्रेस स्वतन्त्रतामाथीको ठाडो हस्ताक्षेप भएको भनेको छ ।

संघका सचिव समेत रहेका पत्रकार समिर बलामीमाथी हल कर्मचारीबाट भएको दुर्व्यवहार र हातपातको विषयमाथी कार्यक्रम आयोजक र सिनेमा हल मौन रहनु र गम्भिर चासो नदेखाउनुलाई संघले खेदजनक ठानेको छ, यसले समग्र चलचित्र पत्रकारलाई क्यूज सिनेमा हलमा आयोजना हुने र शुभ लभ फिल्मले गर्ने प्रेसमिटमा सहभागि भएर रिपोर्टिङ गर्न असुरक्षित महसुस गराएको छ, विज्ञप्तिमा भनिएको छ, ।

आगामी दिनमा क्यूज सिनेमा हल र शुभ लभले अब उप्रान्त गर्ने प्रेसमिटमा पत्रकारहरुको सुरक्षाको प्रत्याभुतिको ग्यारेन्टी गर्नेगरी दुबै पक्षबाट आधिकारिक धारणा नआउँदासम्म चलचित्र पत्रकार संघसँग सम्वद्ध सम्पुर्ण चलचित्र पत्रकारहरु सहभागि नहुने चेतावनी समेत दिएको छ ।

 

उता क्युज सिनेमाले माफि सहितको पत्र केही सिमित पत्रकारहरुलाई पठाएको बुझिएको छ । तर संघले भने आधिकारिक रुपमा सुरक्षाको प्रत्याभुती सहितको पत्रको माग गरेको छ ।

विज्ञप्तिको पुर्णपाठः