’प्रेमलीला’ को प्रदर्शन मिती परिवर्तन

माघ २५ गतेलाई आफ्नो प्रदर्शन मिती तय गरेको फिल्म’प्रेमलीला’ले आफ्नो प्रदर्शनलाई पछी सारेको छ । फिल्मको भिएफएक्सको काम सकिनअझै केही समय लाग्ने भए पछी फिल्म निर्माण टिमले प्रदर्शनलाई पछी सारेको फिल्मकी नायिका दिपशिखा खड्काले बताएकी छिन् । फिल्म अब फागुन १० गते देखि प्रदर्शन हुनेछ । वितरक कम्पनी र निर्माण टिम बिचफागुन १० मा फिल्म सार्वजनिक प्रदर्शनमा ल्याउने सहमती भइसकेको समेत नायिका खड्काले बताएकी छिन् ।

अन्तर्देशीय प्रेमकथा समेटिएको फिल्मको फर्स्ट लुक र दुई गीत सार्वजनिक भइसकेको छन् भने ट्रेलर छिट्टै सार्वजनिक गर्ने तयारीमा निर्माण टिम लागेको छ । पबन गौतमको छायांकन, चन्दनदत्त र सालिकदुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्ममा महेश खड्का, नबिनकार्की र रबिराज शाहको संगीत, राजेश पायल राई, शोभा पाण्डे र भारतीय गायक राजाहसनको स्वर रहेको छ ।

फिल्ममा दीपशिखा खड्का, भारतीयमोडल अलिखान, मौसम खड्का, सुरज तमु, रेखाशाह, शर्मिलाशर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको अभिनय रहेको छ । नायिका खड्का कै कथातथा लेखन रहेको फिल्मलाई नानीमैया कार्की र फैजिल फिल्म्सले संयुक्त रुपमा निर्माण गरेका हुन् ।