श्रृङखला खतिवडा नेपाल–फ्रान्स सद्भावना दूतमा नियुक्त

केही समय अगाडीमात्र मिस वर्ल्ड को प्रतिष्पर्धामा विश्वभर नेपाल र नेपालीको गौरव बढाएकी मिस नेपाल श्रृङखला खतिवडा यतिबेला सर्वाधिक चर्चित र खोजिने सेलिब्रेटी हुन् । मिस वर्ल्ड सकिएलगत्तै सामाजिक सेवामा निरन्तर लागिरहेकी उनी यतिबेला विभिन्न इभेन्टहरुमा पनि व्यस्त रहेकीछिन् । राम्री र बौद्धिक मानिएकी श्रृङखला यतिबेला विभिन्न बिज्ञापनहरुमा पनि आवद्ध भएकीछिन् ।

हालै उनी नेपाल र फ्रान्सबीचको दौत्य सम्बन्ध ७० वर्ष पुगेको अवसरमा सद्भावनादूत नियुक्त भएकीछिन् । परराष्ट्र मन्त्रालयमा भएको एक कार्यक्रममा श्रृङखलालाई फ्रान्सको युरोप तथा विदेश मन्त्रालयका सचिव मोरिस गुर्दो मोन्तान र पराराष्ट्रसचिव शंकरदास बैरागीले खतिवडालाई सद्भावनादूतको पत्र हस्तान्तरण गरेका हुन् ।

उनको नाम परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सद्भावना दूतका लागि प्रस्ताव गरेका थिए । सम्बन्ध स्थापनाको सात दशक लामो यात्रा स्मरण गर्दै दुईपक्षीय सम्बन्धको प्रतीकचिह्न (लोगो) सचिव बैरागी, फ्रान्सेली समकक्षी मोन्तान र सद्भावना दूत खतिवडाले संयुक्त रूपमा सार्वजनिक गरिएको थियो ।