‘हृदय भरी’ घोषणा, पलसँग श्रद्धाको रोमान्स

चलचित्र ‘हृदय भरी’को घोषणा गरिएको छ । चलचित्रमा सुरज सुब्बा ‘नाल्बो’को लेखन तथा निर्देशन रहनेछ । लभ स्टोरी कथामा बन्न लागेको चलचित्रमा नायक पल शाह , निर शाह , सुनिल थापा , आकाश बाबु , अनुराग कुँवर , निर्मल शर्मा , सलोन बस्नेत , रेखा लिम्बु , कविता रेग्मी , अभिदिथ खाती , बिके श्रेष्ठ , दिपक गजमेर , प्रेम श्रेष्ठ, हटीनटी अनुपम श्रेष्ठ , आयुषमान घिमिरे, सुमन श्री लगायतको अभिनय रहनेछ । यो चलचित्रको माध्यमबाट नव–नायिका श्रद्धा क्षेत्री यो क्षेत्रमा भित्रिदैछिन् ।

यो चलचित्रलाई एन फिल्मस् एण्ड क्रिएशन , शाह प्रोडक्सन प्रा.लि र दिपिन्द्र फिल्मसको संयुक्त ब्यानरमा निकेश लिम्बु, चन्दन शाह तथा दिपिन्द्र राईले निर्माण गर्दैछन् । त्रिकोणात्मक प्रेमकथामा यो चलचित्र निर्माण हुने ‘हृदय भरी’ चलचित्रका प्रस्तुतकर्ता चन्दन शाह हुन् ।